फेरियो दशरथ रंगशालाको रूप !
२०२० अप्रिल २४, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानको घाँस काट्ने कार्य सकिएको छ ।
कोरोना भाईरसको कारण सरकारले लकडाउन घोषणा गरेपछि रंगाशाला मर्मत र घाँस काट्ने कार्य रोकिएको थियो ।
तर, लामो समय मैदानमा पानी नहाल्दा घाँस मर्ने भएको कारण एन्फाले रंगशालाको घाँस काट्ने र मर्मत गर्ने काम सुरु गरेको थियो ।
रंगाशालाकै कर्मचारीले घाँस काट्ने र पानी हाल्ने काम सुरु गरेका थिए ।
सहिद स्मारक 'ए' डिभिजन लिगपछि रंगाशालामा कुनै खेलकुद गतिविधि भएको छैन ।
यस्तै चैतमा तय भएको विश्वकप छनोट अन्तर्गतको नेपालको होम खेल समेत कोरोनाको कारण स्थगित भएको थियो ।
कोरोनाको कारण नेपालमा समेत खेलकुद गतिविधि अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको छ ।
विश्वकप छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँगको होम खेल खेल्न बाँकी रहेको छ । तीनै खेल रंगाशालामा हुनेछ ।