जर्मन कप अनिश्चितकालिन स्थगित

एजेन्सी । जर्मन कप फुटबल प्रतियोगिताको फाईनल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
कोरोना भाईरसको संक्रमणको कारण देखाउँदै प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरिएको हो ।
प्रतियोगिता अब बन्द रंगशालामा सञ्चालन हुन सक्ने सम्भावना छ ।
जर्मन फुटबल महासंघले प्रतियोगिताको फाईनल मे २३ मा सञ्चालन गर्ने तय गरेको थियो ।
महासंघका अध्यक्ष फ्रिट्ज केलेरले संकटको अवस्थामा महत्वपूर्ण खेल दर्शक बिना बन्द रंगशालामा हुने सम्भावना रहेको बताए ।
महामारीको रुपमा फैलिएको कोरोनाका कारण सेमिफाईनलको खेल समेत स्थगित गरिएको थियो । सेमिफाईनलको खेल यसै साता सञ्चालन गर्ने पूर्व निर्धारित तालिका थियो ।
प्रतियोगिताको सेमिफाईनलमा बार्यन म्युनिख सहित बार्यन लिभरकुशन, फ्रेन्कफर्ट र चौथो डिभिजनको क्लब एफसी सारब्रुकेन पुगेका थिए ।
महासंघले सेमिफाईनल सहित फाईनल खेलको नयाँ मिति सार्वजनीक गरेको छैन । बिहिबार मात्र जर्मन फुटबल लिगले मे ९ बाट बुन्डेशलिगा सुरु गर्ने बताएको थियो ।