एजेन्सी । इंग्ल्यान्डको महिला फुटबल टिमका मुख्य प्रशिक्षक फिल नेभिलले अर्को वर्ष पद छाड्ने भएका छन् ।
इंग्ल्यान्डका ४५ वर्षीय प्रशिक्षक नेभिलले अर्को वर्ष प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् ।
नेभिलको इंग्ल्यान्ड फुटबल एसोसियसनसँगको सम्झौता २०२१ को जुलाईसम्म रहेको छ । तर, उनले सम्झौता नवीकरण नगर्ने बताएका छन् ।
यसै वर्ष तय भएको जापान ओलम्पिकसम्म नेभिलले टिम हेर्ने योजना बनाएका थिए । तर, कोरोना भाईरसको कारण टोकियो ओलम्पिक एक वर्षपछि सरेको छ ।
नेभिलको नेतृत्वमा इंग्ल्यान्ड सन् २०१९ को महिला विश्वकपमा चौंथो भएको थियो ।
सन् २०१८ को जनवरीमा नेभिल महिला टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।