• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
के होला घरेलु फुटबल – रद्ध कि सुचारु ?
हिम बिक्रम केसी
शुक्रबार, वैशाख १२, २०७७ हिम बिक्रम केसी
के होला घरेलु फुटबल – रद्ध कि सुचारु ?

काठमाडौं । महामारीको अवस्था छ । कोरोना भाईरसको संक्रमणको डरले पुरै देश आक्रान्त छ । संक्रमण रोक्न सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनले पछिल्लो एक महिनादेखि पुरै देश ठप्प अवस्थामा छ ।

कोरोनाको प्रभाव बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन लिग सहित देशभरका सम्पूर्ण फुटबल गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनसंगै एन्फाले चैत ४ गते बिज्ञप्ती निकालेर बी डिभिजन लिग सहित सम्पुर्ण फुटबल गतिविधि अनिश्चितकालका लागि स्थगित गरेको जानकारी दिएको थियो । कोरोनाले अन्य घरेलु खेलकुद गतिविधि प्रभावित बनेपनि बी डिभिजन लिग चलिरहेको थियो । ढोका बन्द गरेर भएपनि लिग सक्ने एन्फाको तयारी थियो । तर कोरोनाका कारण सरकारले मुलुकभरनै लकडाउननै गरेपछि बी डिभिजन लिग सहितका फुटबल गतिविधि अघि बढ्न सकेनन् ।

हुन त नेपालको घरेलु फुटबलको स्पष्ट तालिका छैन । सिजन कहिले सुरु गर्ने प्रष्ट योजना छैन । तर एन्फाले यस बर्ष भदौबाट फुटबलको नयाँ सिजन सुरु गर्ने गृहकार्य अघि सारेको थियो ।

नकआउट प्रतियोगिता राखेर सिजन सुरु गर्दै नोभम्बर १ को निर्धारित मितिमा ए डिभिजन लिग सञ्चालन गर्ने एन्फाको गृहकार्य छ । तर फिफा विश्वकप छनोटका खेलले २०७६-७७ को लिग समयमै हुन सकेन ।

एन्फाले ए डिभिजन लिगबाट सिजनको सुरुवात गर्दै बी र सी डिभिजन लिग सञ्चालन गर्दै आएको छ । सी डिभिजनको छनोट सकेर घरेलु फुटबल लिगको औपचारिक बिदाई गर्ने गर्छ ।

तर यस सिजन बी डिभिजन सञ्चालन हुँदै गर्दा कोरोनाले नेपाल सहित विश्वभरको फुटबल गतिविधि प्रभावित बनायो । युरोपको घरेलु फुटबल बिस्तारै मुर्झाउने क्रममा छ । बुन्डेशलिगा अर्को महिना सुरु गर्ने तयारीमा रहँदा स्पेन र ईटालीको फुटबल अनिश्चित छ । जर्मन र ईटाली कोरोनाबाट अतिनै प्रभावित बन्दा जनजिवन समेत सामान्य बन्न सकेको छैन ।

फुटबल कहिले उठ्ने हो त्यसको टुङ्गो छैन । युरोपेली फुटबल महासंघ (यूईएफए)ले समेत अगष्ट भित्रमा घरेलु लिग सहित च्याम्पियन्स लिग र युरोपा लिगको फाईनल खेलाउने गरि गृहकार्य अघि बढाएको छ । तर समय निर्धारण गर्न सकेको छैन ।

Image may contain: 3 people, people playing sport and outdoor

कोरोनाले नेपाली फुटबलको चालू सिजन धेरैनै प्रभावित बनाउने देखिएको छ । एन्फाले सञ्चालन गर्न बाँकी रहेका बी डिभिजन, सी डिभिजन हुँदै महिला लिग र राष्ट्रिय लिग जस्ता प्रतियोगिता अनिश्चित बनेका छन् ।

राष्ट्रिय लिग गर्न सबै प्रदेशको लिग समेत सम्पन्न नभएको अवस्था छ । प्रदेश लिग सकेर एन्फा प्रेसिडेन्ट कप हुँदै राष्ट्रिय लिगको टुङ्गो लाग्ने अवस्था बन्थ्यो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा फुटबल रोकिएको बिन्दुबाट बाँकी सिजनको सुरुवात गर्ने बताउँछन् ।

‘राखेपबाट पत्र नआएसम्म कार्यक्रमनै सुरु गर्न सकिदैन । तर अब बन्ने तालिका भने जहाँ फुटबल रोकिएको हो, त्यहीबाट सुरु हुन्छ ।’ उनले खेलपाटीसंग भने ।

एन्फा नेतृत्वमा आएपछि वर्तमान कार्यसमितिले जिल्ला हुँदै प्रदेश लिग सञ्चालनको कार्यक्रम अघि बढाएको थियो । मोफसलको फुटबललाई केन्द्रसंग जोड्न एन्फा प्रेसिडेन्ट कप हुँदै राष्ट्रिय लिगको अवधारणा अघि सारिएको छ । तर सुरुवातको पहिलो सिजनै कोरोनाका कारण प्रदेश हुँदै, एन्फा प्रेसिडेन्ट कप र राष्ट्रिय लिग प्रभावित बन्ने देखिन्छ ।

Image may contain: 1 person, standing and outdoor

एन्फा अध्यक्ष शेर्पा भने अन्तराष्ट्रिय प्रतियोगिताको तालिकासंग मिलाएर बाँकी सिजन समेत सम्पन्न गर्नुपर्ने धारणा राख्छन् ।

‘अन्तराष्ट्रिय प्रतियोगिताको तालिका हेरेर नयाँ तालिका बन्छ । एक बर्षको सिजन केही महिना पछाडी सर्न सक्छ ।’ उनले भने, ‘कोरोनाले जति समय असर छ, त्यसलाई घटाएर नयाँ सिजन सुरु गर्ने हो ।’

अध्यक्ष शेर्पाका अनुसार अधिकांश क्लबहरु स्थगित भएको लिग पुन सुचारु गर्न सहमत भएका कारण सिजनका बाँकी प्रतियोगिता सम्पन्न गर्न गाह्रो छैन ।

‘अधिकांश क्लबहरु लिग पुन सुचारु गर्न सहमत छन् । बी र सीका अधिकांश क्लबहरु खेल्नुपर्छ भन्ने धारणा राख्छन् ।’ शेर्पाले भने, ‘लिग रद्ध भए धेरै खेलाडी र रेफ्री बेरोजगार हुन्छ । त्यसैले एन्फामाथि बाँकी सिजन सक्नुपर्ने दबाब छ ।’

Image may contain: 2 people, people playing sport and outdoor

बी डिभिजन लिगका ५ चरणका खेल सकिएका छन् । चैतको अन्तिम साता सी डिभिजन लिग र जेठमा राष्ट्रिय लिग सक्ने एन्फाको तयारी थियो ।
एन्फा महासचिव ईन्द्रमान तुलाधर कोरोनाको प्रभावले बाँकी सिजनको बिषयमा बोल्न हतार हुने बताउँछन् ।

‘अहिलेनै भनि हाल्न हतार हुन्छ । कोरोनाले यस सिजनको फुटबल प्रभावित बनाउने देखिन्छ । यसको प्रभाव अर्को सिजनमा समेत देखिन्छ ।’ उनले भने ।

महासचिव तुलाधरले सरोकारवाला निकाय र फिफा, एएफसीसंग बसेर बाँकी सिजनको टुङ्गो लगाउने बताउँछन् ।

‘चालू सिजन जेठमा सकेर भदौबाट नयाँ सिजन सुरु गर्ने योजना हो ।’ तुलाधारले भने, ‘ए डिभिजन नकआउट सहित सिजनको सुरुवात गर्ने योजना बनाएको थियौ । तर कोरोनाले धेरै फुटबल कार्यक्रम प्रभावित हुने देखिन्छ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP