एजेन्सी । इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए) ले टोटेनहमका मिडफिल्डर एरिक डायरलाई जरिवाना गरेको छ ।
गत मार्चमा भएको एफए कप फुटबल अन्तर्गत नर्विचसँगको खेलमा खेल भावना विपरित कार्य गरेको भन्दै एरिकलाई जरिवाना गरिएको एफएले जनाएको छ ।
'एफएको नियम ई-३ उलंघन गरेको कारण एरिक डायरलाई जरिवाना गरिएको छ,' एफएले भनेको छ ।
एफए कपको पाँचौं चरणको खेलमा एरिक दर्शक बस्ने सिटतर्फ चढेर गएका थिए । उक्त खेल टोटेनहमले पेनाल्टीमा ३-२ ले गुमाएको थियो ।

एफएले उनलाई मे ८ भित्र जरिवानाविरुद्ध प्रतिक्रिया दिन समेत भनेको छ ।
इंग्ल्यान्डका मिडफिल्डरलाई समर्थकले दुर्व्यबहार र जिस्काएको कारण उनले त्यसो गरेको बताईएको छ ।
टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले उनलाई कसैले दुर्व्यबहार गरेको अथवा उनको परिवार कोहि भएको कारण त्यहाँ गएको बताएका थिए ।