एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सेली स्टार पाउल पोग्बालाई पुन अनुबन्धको प्रयास अघि बढाउने भएका छन् ।
फ्रान्सेली प्रशिक्षक जिदानले म्यान्चेष्टर युनाईटेडका स्टार पोेग्बालाई नयाँ सिजनका लागि अनुबन्ध गर्न चाहेका हुन् ।
स्पेनिस महारथी क्लब लामो समयदेखि फ्रान्सेली मिडफिल्डर अनुबन्धको प्रयास गरिहेको छ ।
प्रिमियर लिग क्लबले पोग्बाका लागि सय मिलियन पाउण्डको अपेक्षा गरेको छ ।
कोरोना भाईरसका कारण आर्थिक संकट ब्यहोरिरहेका क्लबलाई पोग्बा अनुबन्धमा समस्या हुन सक्छ । तर रियल मड्रिडमा पुनरागमन गरेपछि खासै कमाल देखाउन नसकेका जिदान पोग्बालाई अर्को सिजन प्रतिक्षा गर्न चाहदैनन् ।

जिदान सहित ईटालियन क्लब युभेन्ट्सले समेत पोग्बा अनुबन्धमा प्रयास गरिरहेको छ । पोग्बा समेत ईटालियन क्लब फर्कन ईच्छुक देखिएका छन् ।
युरोपेली क्लब फुटबलका दुई ठुला क्लब विश्व विजेता पोग्बालाई समर ट्रान्सफरमा अनुबन्धको प्रयास गरिरहेका छन् ।
जिदानले आफ्नै देशका मिडफिल्डरसंग काम गर्न चाहेको बताईसकेका छन् । यता युभेन्ट्स क्लबका पूर्व खेलाडीलाई ईटाली फर्काएर मिडफिल्डमा राम्रो प्रभाव जमाउन चाहन्छ ।