एजेन्सी । कोरोना भाईरसको कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल आगामी मे महिनाबाट सुचारु हुने भएको छ ।
जर्मन फुटबल लिग (डीएफएल) ले बिहिबार स्थगित बुन्डेस लिगा आगामी मेबाट पुन: सुचारु गर्ने जनाएको छ ।
डीएफएलले स्थगित लिग मे ९ बाट सुचारु हुने सम्भावना बढी रहेको जनाएको छ । तर, सरकारको निर्णयले मात्र सुचारु हुने मिति पक्का हुने बताईएको छ ।
'बुन्डेस लिगा सुचारुको लागि तयार छ । मे ९ वा त्यसपछिको मिति हुन्छ । तर, अहिले मिति तय भएको छैन । राजनीतिक दलले निर्णय गर्नेछ,' डीएफएलका सिईओ क्रिस्टियन सेइफार्टले भने ।
डीएफएलले लिगमा सहभागी ३६ क्लबलाई नयाँ मितिबारे सूचित गरिसकेको जनाएको छ । तर, लिग बन्द रंगशालामा खेलाईने डीएफएलले जनाएको छ ।
कोरोनाको कारण बुन्डेस लिगा अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ ।
कोरोनाको कारण जर्मनीमा ४ हजार बढीको मृत्यु भएको छ । यस्तै १ लाख बढीमा संक्रमण देखिएको छ ।