एजेन्सी । कोरोना भाईरसको कारण स्थगित गरिएको महिला युरोकप फुटबलको नयाँ मिति तय भएको छ ।
युरोपियन फुटबल एसोसियसन (युईएफए) ले बिहिबार एक वर्ष पछि सरेको महिला युरोकपको नयाँ मिति तय गरेको हो ।
युईएफएले महिलाको युरोकप सन् २०२२ को जुलाई ६ देखि ३१ सम्म आयोजना गर्ने निर्णय गरेको छ । खेल आयोजक र आयोजना स्थल भने परिवर्तन गरिएको छैन ।
इंग्ल्यान्डमा हुने युरोकप यस अघि सन् २०२१ मा हुने तय थियो । तर, कोरोनाको कारण देखाउदै युईएफएले गत मार्चमा प्रतियोगिता स्थगित गरेको थियो ।
इंग्ल्यान्डले महिला युरोकप म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्डमा उद्घाटन र वेम्बलीमा फाइनल खेल खेलाउने योजना बनाएको थियो ।
युईएफएले यसै वर्ष तय भएको पुरुषको युरोकप पनि एक वर्षका लागि स्थगित गरिसकेको छ ।