एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड मार्टिन ब्रेथवेटले आफु क्लबमा लामो समय रहने विश्वास व्यक्त गरेका छन् ।
कोरोना भाईरसको कारण आर्थिक संकट परेपछि बार्सिलोनाले डेनिस फरवार्ड बेच्न तयारी गरिरहेको बेला ब्रेथवेटले क्लबमा लामो समय बस्न चाहेको बताएका छन् ।
बार्सिलोनाले ब्रेथवेटलाई गत फेब्रुवरीमा १८ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।
'मलाई विश्वास छ म साँढे चार वर्ष भन्दा लमी समय रहनेछु,' इएसपीएनसँग उनले भने, 'अहिले म यस टिमसँग खेल्न र उपाधि जित्न रमाईरहेका छु । किनकी म त्यहिँ गर्न यहाँ आएको छु ।'
ट्रान्सफर विन्डो सकिएपनि आफ्ना महत्वपूर्ण फरवार्डहरुले चोट बोकेपछि बार्सिलोनाले ब्रेथवेटलाई लेगानेसबाट अनुबन्ध गरेको थियो । उनले क्लबसँग २०२४ सम रहने गरि सम्झौता गरेका छन् ।
तर, कोरोनाले उब्जाएको संकटसँगै क्लबले उनलाई बेच्ने तयारी गरेको स्पेनिस मिडियाले जनाउँदै आएको छ ।
यस्तै ब्रेथवेटले क्लबले लिजेण्ड खेलाडीहर रहेको र उनीहरुसँग खेल्न पाउँदा आफुलाई खुसी लागेको समेत बताए ।
उनले बार्सिलोना अहिलेको क्लब फुटबलमा सबैभन्दा उत्कृष्ट टिम भएको समेत बताए ।