एजेन्सी । ग्यारेथ बेल र उनी श्रीमती ईमाले वेल्सको हेल्थ च्यारिटीमा ५ लाख पाउण्ड सहयोग गरेका छन् ।
बेल दम्पत्तीले कार्डिफ र वेल्स युनिभर्सिटी हेल्थ बोर्डका लागि ५ लाख पाउण्ड सहयोग गरेका हुन् ।
च्यारिटीले बेल दम्पत्तीले दिएको सहयोग विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबिरुद्धको अभियानमा खर्च गरिने बताएको छ ।
च्यारिटीले सो रकम कोरोनाका दौरान नेश्नल हेल्थ सर्भिसबाट सेवा प्राप्त नगर्ने कर्मचारी र बिरामीमा खर्च गरिने बताएको छ ।
सीभीयूएचबीका मुख्य कार्यकारी अधिकृतले बेलको सहयोग रकम निकै शानदार रहेको बताए ।

च्यारिटीले भनेको छ, 'उनी आफै केही दिन चाहेका थिए । किनकी ग्यारेथ आफै यूएचडब्ल्यूको प्रसुती ईकाइमा जन्मिएका थिए । उनले सधै भन्दै आएका छन्, युएचडब्ल्यूले आफ्ना परिवार र साथीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।'
'धन्यवाद गेल, तिमी बास्तवमै हाम्रो स्टार हौ ।' बिज्ञप्तीमा भनिएको छ ।
वेल्सकै अन्तराष्ट्रिय खेलाडी तथा युभेन्ट्सका स्टार आरोन राम्सीले समते नेश्नल हेल्थ सर्भिसलाई दुई पटक आर्थिक सहयोग गरेका थिए ।