एजेन्सी । इटालियन क्लब युभेन्ट्सका विंगर डग्लस कोस्टाले टिममा क्रिस्टियानो रोनाल्डो भन्दा पाउल डिबला बलिया सहकर्मी भएको बताएका छन् ।
ब्राजिलियन विंगर कोस्टाले इन्स्टाग्राम लाईभमा पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डो भन्दा डिबला बलिया रहेको बताएका हुन् ।
'टिमको बलिया सहकर्मी पाउलिन्हो (डिबला) हो,' समर्थकको एक प्रश्नमा उनले भने ।
कोस्टाले युभेन्ट्समा डिबलासँग तीन सिजन खेलिसकेका छन् । तर, रोनाल्डो भन्दा भने दुई सिजन खेलेका छन् ।
कोस्टा सन् २०१७ मा वायर्न म्युनिखबाट लोनमा युभेन्ट्स आएका थिए । तर, युभेन्ट्सले सन् २०१८ मा उनलाई अनुबन्ध गरेको थियो ।
यस्तै कोस्टाले आफु इटाली फर्कन आतुर रहेको समेत बताए । कोरोना भाईरसको कारण इटालियन लिग स्थगित भएपछि कोस्टा ब्राजिल गएका थिए ।
'मलाई आशा छ चाडै इटाली फर्कने छु,' उनले थपे ।
यस सिजन युभेन्ट्स लिगको शीर्ष स्थानमा रहेको छ । तर, कोरोनाको कारण लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ ।