एजेन्सी । इंग्लिस क्लब वेष्ट ह्याम र क्रिस्टल प्यालेसको प्रि-सिजन अन्तर्गत अष्ट्रेलिया भ्रमण स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीको कारण वेष्ट ह्याम र क्रिस्टलले अष्ट्रेलिया भ्रमण स्थगित गरेको हो । दुवै क्लबले सिजनको सुरुवात अघि अष्ट्रेलिया भ्रमण तय गरेको थियो ।
दुवै क्लबले जुलाईमा अष्ट्रेलिया भ्रमणको योजना बनाएको थियो । दुवै क्लबले अष्ट्रेलियाको ए लिग क्लब ब्रिसब्रेन रोअरसँग क्वीन्सल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको थियो ।
तर, कोरोनाको कारण बुधबार दुवै क्लबले भ्रमण स्थगित गरेको हो ।
कोरोनाले बुधबारसम्म विश्वभर १ लाख ७७ हजार मानिसको मृत्यु भईसकेको छ ।
अष्ट्रेलियामा हालसम्म ६ हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ भने ७४ जनाको मृत्यु भएको छ ।