एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला फुटबल विकासको लागि छुट्टाएको लगानी नरोक्ने भएको छ ।
कोरोना भाईरस महामारीको कारण फिफामा पर्न गएको आर्थिक प्रभावको बाबजुत फिफाले महिला विकासको लागि छुट्टाएको बजेट नरोक्ने भएको हो ।
फिफाले महिला फुटबलका लागि ८ सय ४ मिलियन पाउण्ड लगानी गर्ने घोषणा गरेको थियो । तर, कोरोनाको कारण परेको आर्थिक प्रभावको कारण फिफाले लगानीबाट हात झिक्न सक्ने अनुमान गरिएको थियो ।
'फिफाले प्रतिबद्धता व्यक्ति गरिसकेको कोष कोरोना भाईरसको कारण प्रभावित हुँदैन,' फिफाका प्रवक्ताले गार्जियनसँग भने, 'यो रकम महिला खेलको विभिन्न क्षेत्र क्षमता विकास, व्यावसायिकता र प्राविधिक कार्यक्रममा लगानी गरिनेछ ।'
फिफाले कोरोना भाईरसबाट प्रभावित महिला फुटबलका लागि समेत प्याकेज ल्याउने जनाएको छ ।
कोरोनाको कारण विश्व फुटबल ठप्प रहेको छ । कोरोनाको कारण युरोकप लगायतक विश्वकप छनोटका खेलहरु स्थगित भईसकेको छ ।
महामारीको रुपमा फैलिएको कोरोनाको कारण थुप्रै क्लबहरु आर्थिक संकटमा पर्ने आँकलन गरिएको छ ।