एजेन्सी । कोरोना भाईरसको कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल आगामी मे महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ ।
जर्मन फुटबल लिगले स्थगित बुन्डेस लिगा आगामी मे ९ बाट पुन: सुचारु गर्ने तयारी गरेको हो ।
जर्मन फुटबल लिगले प्रस्ताव गरेको मितिमा सरकारले समेत समर्थन गरेको बताईएको छ । जर्मनीको दुई प्रदेशले उक्त मितिमा सहमति जनाएको जर्मन फुटबल लिगले जनाएको छ ।
तर, लिग बन्द रंगशालामा खेलाईने छ ।
कोरोनाको कारण लिग मार्चको मध्येसम्मका लागि स्थगित गरिएको छ ।
कोरोनाको कारण जर्मनीमा ४ हजार बढीको मृत्यु भएको छ । यस्तै १ लाख बढीमा संक्रमण देखिएको छ ।