एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस राष्फोर्डले जोसे मोरिन्हो मुख्य प्रशिक्षक रहदा आफु राम्रो खेलाडी बनेको बताएका छन् ।
युनाइटेडको पटकास्टमा कुरा गर्दै इंग्ल्यान्डका फरवार्ड राष्फोर्डले मोरिन्होको नेतृत्वमा आफुले धेरै सुधार गरेको बताए । तर, उनले मोरिन्होको प्रशिक्षण अवधि निकै कठिन भएको समेत बताए ।
'यो निकै कठिन थियो तर तपाईले ५/६ वर्ष पछाडी फर्केर हेर्नुहुन्छ त्यसले तपाईलाई मानसिक तनाब दिन्छ,' राष्फोर्डले भने, 'एक अलराउन्डर खेलाडीको रूपमा मैले धेरै सुधार गरेको छु । धेरै जोसेको नेतृत्वमा दुई वर्षमा छ । त्यस समेत उतारचढाव थियो । कठिन थियो तर पक्कै यो अवधिले मलाई राम्रो खेलाडी बनायो ।'

राष्फोर्डले मोरिन्होको नेतृत्वमा सन् २०१६/१७ को सिजनबाट सन् २०१८ को डिसेम्बरसम्म खेलेका थिए । तर, युनाइटेडले खराब प्रदर्शन कायम राखेपछि क्लबले मोरिन्होलाई बर्खास्त गरेको थियो ।
मोरिन्होको नेतृत्वमा राष्फोर्डले युनाइटेडबाट युरोपा लिग र ईएफएल कप जितेका थिए ।
यस सिजन राष्फोर्डले सबै प्रतियोगितामा १९ गोल गरिसकेका छन् । तर, कोरोना भाईरसको कारण प्रिमियर लिगसहित सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरिएको छ ।