एजेन्सी । इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान वायन रुनी क्लब र राष्ट्रका लागि कीर्तिमानी गोलकर्ता हुन्।
फरवार्ड रुनीले क्लब र राष्ट्रका लागि सर्वाधिक धेरै गोल गर्ने कीर्तिमान बनाएका छन् । तर, रुनीले आफु प्राकृतिक गोलकर्ता नभएको बताएका छन् ।
सन्डे टाइम्ससँग कुरा गर्दै ३४ वर्षे रुनीले आफु इंग्ल्यान्डका लिजेण्ड ग्यारी लिन्केर र युनाइटेडका पूर्व स्ट्राइकर र रुड भान जस्तो खेलाडी नभएको बताएका हुन् ।
'मैले म्यानचेस्टर युनाइटेड र इंग्ल्यान्डमा सर्वाधिक गोलकर्ताको रेकर्ड राखेको छु । म त्यसमा गर्व गर्छु,' रुनीले भनेका छन्, 'यसले तपाईलाई आश्चर्य बनाउन सक्छ । म प्राकृतिक गोलकर्ता होइन ।'
रुनीले युनाइटेडका लागि २ सय ५३ गोल गरेका छन् । यस्तै इंग्ल्यान्डका लागि ५३ गोल गरेका छन् । दुवै कीर्तिमान हो।
तर, आफुले धेरै लामो समय खेल्दा कीर्तिमान बनाएको बताउँदै उनले अझै धेरै गोल गर्नु पर्ने आफुलाई लागेको समेत बताए ।
'मैले युनाइटेडमा १३ वर्ष र इंग्ल्यान्डका लागि १५ वर्षे खेले । म सँग रेकर्ड तोड्न समय थियो । र, अहिले फर्केर हेर्दा मैले अझै धेरै गोल गर्नु पर्ने थियो,' उनले थपे ।
च्याम्पियनसिप क्लब डर्बीबाट खेलिरहेका रुनीले इंग्ल्यान्डमा आफ्नो रेकर्ड ह्यारी केनले तोड्न सक्ने समेत बताए ।