एजेन्सी । बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई क्लबले पुन: अनुबन्ध गर्ने बताएका छन् ।
स्पेनिस पत्रिका मुण्डो डिपोर्टिभोसँग कुरा गर्दै पूर्व अध्यक्ष सान्ड्रोले नेयमारलाई बार्सिलोनाले पुन: अनुबन्ध कुरामा दुविधा नभएको बताए ।
'पक्कै पनि कुनै दुविधाबिना बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्नेछ,' उनले भने ।
ब्राजिलियन फरवार्ड नेयमार सान्ड्रो अध्यक्ष भएको समय बार्सिलोना आएका थिए । सन् २०१३ मा बार्सिलोनाले ब्राजिलियन क्लब सान्तोसबाट नेयमारलाई अनुबन्ध गरेको थियो ।
तर, नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा पीएसजी गएका थिए । पछिल्लो समय नेयमार पीएसजीक खुसी नभएको बताईएको छ ।
यस्तै नेयमार अनुबन्धका लागि बार्सिलोनाले समेत चासो देखाईरहेको छ ।
चार सिजन क्लबमा रहदा नेयमारले बार्सिलोनाका लागि १ सय ५ गोल गरेका थिए ।
यस सिजन पीएसजीका लागि नेयमारले २२ खेलमा १८ गोल गरिसकेका छन् । तर, कोरोना भाईरसको महामारीको कारण लिन स्थगित भएको छ ।