एजेन्सी । ईन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले प्रिमियर लिग खेल्ने ईच्छा नभएको बताएका छन् ।
उनले आफु पुन प्रिमियर लिगमा फर्कने ईच्छा नभएको बताएका हुन् ।
२६ बर्षका फरवार्डले प्रिमियर लिगमा करिब ८ बर्ष बिताएका थिए । उनी सन् २०११ मा लण्डन क्लब चेल्सीमा अनुबन्ध भएका थिए । उनले वेस्ट ब्रुम, एभर्टन र म्यान्चेष्टर युनाईटेडबाट समेत खेल्ने मौका पाए ।
उनले सन् २०१९ को अगष्टमा म्यान्चेष्टर युनाईटेड छाडेर सिरि ए क्लब ईन्टर मिलान जोडिएका थिए । सिरि एको पहिलो सिजनमा लुकाकु सफल समेत बनेका छन् ।
बेल्जियमको अन्तराष्ट्रिय फरवार्डले सबै प्रतियोगिता २३ गोल गरेका छन् । कोरोना भाईरसले सिजन प्रभावित हुनु अघि उनले सो प्रर्दशन गरेका हुन् ।
उनले आफु सान सिरोमा रमाईलो जिवन बिताईरहेको स्पष्ट पारेका छन् ।
'प्रिमियर लिगमा फर्कन्छु भन्ने लागेको छैन । तर एभर्टनमा बिताएको समय धेरै मन पराउँछु ।' लुकाकुले भनेका छन् ।