एजेन्सी । जर्मन क्लब आरबी लिपजिगका सिईओ ओलिभर मिन्ट्जलाफले क्लबका फरवार्ड टिमो वेर्नेर अनुबन्धका लागि लिभरपुल र वायर्न म्युनिखले सम्पर्क नगरेको बताएका छन् ।
२४ वर्षी जर्मन फरवार्ड टिमोले लिपजिगमा उत्कृष्ट प्रदर्शन गरिरहदा इंग्लिस क्लब लिभरपुल र जर्मनीकै वायर्नले अनुबन्धको चासो देखाएको समचार बाहिरिएको थियो ।
तर, क्लबका सिईओ ओलिभरले भने उक्त समचारलाई खण्डन गरेका छन् । यस्तै ओलिभरले टिमोलाई आफ्नो क्षमता तिखार्न लिपजिग उत्कृष्ट क्लब रहेको समेत बताए ।
'न योर्गेन क्लोप (लिभरपुल प्रशिक्षक) न कार्ल-हेन्ज (वायर्न अध्यक्ष ) ले मसँग सम्पर्क गरे,' ओलिभरले भने, 'यो विश्वास गर्छौ कि हामी टिमोका लागि राम्रो चरण हो। जसले जर्मनीका एक अन्तर्राष्ट्रियको रुपमा विकास गर्न सक्छन ।'
टिमोले यस सिजन क्लबका ३६ खेलमा २७ गोल गरिसकेका छन् । टिमोको क्लबसँगको सम्झौता सन् २०२२/२३ सिजनसम्म रहेको छ ।
'हामी खुसी छौं कि हामीले उनीसँग २०२२/२३ सम्ममा करार बढाउन सकेका थियौं । उनले सिजनको पहिलो हाफ उत्कृष्ट खेले,' ओलिभरले थपे ।