एजेन्सी । इङ्लिस क्लब लिभरपुलका गोलकिपर एलिसान बेकर चोटमुक्त भएका छन् ।
हिप इन्जुरीको कारण करिब एक महिना मैदान बाहिर रहेका एलिसान पूर्ण रुपमा स्वस्थ्य भएको क्लबले जनाएको छ ।
लिभरपुलको गोलकिपर प्रशिक्षक जोन अच्टरवर्गले एलिसान ठिक भईसकेको बताएका हुन् ।
'जम्प र केहि अभ्यास गरेको भिडियो उसले पठाएको छ,' प्रशिक्षक जोनले भनेका छन्, 'लकडाउनसम्म हामी उहासँग काम गर्ने छौँ । सामान्यता उ फिट भईसकेका छन् । अब उसले अन्य गोलकिपर जस्तै घरमा फिट रहन प्रयास गर्ने छन् ।'
एलिसानले एफएफ कप अन्तर्गत चेल्सीसँगको खेल अघि अभ्यासको क्रममा चोट बोकेका थिए ।
चोटकै कारण २७ वर्षे ब्राजिलियन गोलकिपर एलिसानले च्याम्पियनसिप लिग अन्तर्गत एट्लेटिको मड्रिडसँगको अन्तिम १६ को दोस्रो लेग गुमाएका थिए । यस सिजन एलिसानले २८ खेल खेलेका छन् ।
चोट मुक्त भएसँगै कोरोनाको कारण स्थगित लिग पुन: सुचारु हुँदा लिभरपुलको गोलपोस्ट एलिसानले सम्हाल्ने छन् । लिगमा लिभरपुल उपाधि नजिक छ ।
लिभरपुलले लिगमा दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाएको छ ।