एजेन्सी । भेट्रान गोलकिपर जियानलुईजी बुफोनले युभेन्ट्ससंग नयाँ सम्झौता गर्ने तयारी गरेका छन् ।
ईटालीमा कोरोना भाईरसका कारण गरिएको लकडाउन खुले लगत्तै ४२ बर्षिया गोलकिपरले क्लबसंग नयाँ सम्झौता गर्ने तयारी गरेका हुन् ।
उनी गोलकिपरको रुपमा २६ औं व्यवसायीक सिजन खेल्न उत्सुक छन् ।
ईटालीका पूर्व खेलाडी फ्रान्सेस्को टोटी र फाबियोले कान्नावाराले विश्वकप विजेता बुफोनलाई युभेन्ट्सले नरोकेसम्म व्यवसायीक फुटबल खेलिरहने बताएका थिए ।
रोमाका पूर्व कप्तान टोटीले सम्भव भएसम्म बुफोनले करियरलाई जतिसक्दो अघि बढाउने आशा व्यक्त गरेका छन् ।
बुफोन गत सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । एक सिजन लगत्तै उनी ईटालियन क्लब युभेन्ट्स फर्किएका थिए ।
'मैले भनेको छु । बुफोन ५० बर्षको उमेरसम्म खेल्न चाहन्छन् । तर उनी दुई वा तीन अरु सिजन खेल्न सक्छन् । यसको अलावा उनी लक्ष्यमा छन्, र एक ब्याक अपको रुपमा रहेका छन् ।' टोटीले भनेका छन् ।
ईटालीलाई सन् २००६ मा विश्वकपको उपाधि जिताएका ४६ बर्षको पूर्व कप्तान कान्नावाराले सन् २०११ मा व्यवसायीक फुटबलबाट सनयास लिएका थिए । त्यस्तै ४३ बर्षका टोटीले सन् २०१७ मा व्यवसायीक करियर सकाएका थिए ।
बुफोनले प्रष्ट रुपमा आफुले चाँडै करियर अन्त्य नगर्ने बताउँदै आएका छन् ।
कान्नावेरोले बुफोनको करियरको बिषयमा स्पष्ट पार्दै उनी सन्यास लिन नचाहेको उल्लेख गरेका छन् ।
'हामी सबैलाई थाहा छ । बुफोन रोकिन चाहदैनन् । तर उनीहरुले बुफोनलाई रोक्नैपर्छ । त्यो निकै फरक हुनेछ ।' युभेन्ट्सका पूर्व सेन्टर डिफेन्डरले भनेका छन् ।