एजेन्सी । कोरोना भाईरसको कारण इंग्ल्यान्डका पूर्व डिफेन्डर नोर्मन हन्टरको निधन भएको छ ।
कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका हन्टरको बुधबार ७६ वर्षको उमेरमा निधन भएको हो ।
लिड्स युनाइटेडका लिजेण्ड हन्टरलाई गत साता अस्पताल भर्ना गरिएको थियो ।
हन्टरले इंग्ल्यान्डको लागि २८ खेल खेलका छन् । इंग्ल्यान्डले सन् १९६६ को विश्वकप फुटबलको उपाधि जित्दा उनी टिममा रहेका थिए ।
उनले लिड्सबाट ५ सय बढी खेल खेलेका थिए । यस्तै उनले ब्रिस्टोल सिटी र बर्न्सलेबाट समेत खेलेका थिए ।
