एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व गोलकिपर मार्क बोस्निचले कोरोना भाईरसको कारण स्थगित लिग नसकिए लिभरपुललाई प्रिमियर लिगको उपाधि दिनुपर्ने बताएका छन् ।
कोरोनाको कारण स्थगित लिगमा लिभरपुलले फराकिलो अग्रता कायम गरेको कारण लिग नसकिए उपाधि लिभरपुललाई दिनु उचित रहेको मार्कले बताए ।
'उनीहरूलाई उपाधि दिइनुपर्दछ,' उनले भने, 'प्रिमियर लिगको नियमहरु गहिरो हुन सक्छ । तर, मलाई लाग्छ कि यो केवल निष्पक्ष र सहि छ कि उनीहरूलाई उपाधि प्रदान गर्नुपर्छ ।'
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । तर, प्रिमियर लिग क्लबले कोरोनाले स्थगित लिग जुन ३० सम्म सक्ने तयारी गरिरहेको छ ।
यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । र, यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । लिभरपुलले १९९० पछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । यस सिजन भने लिभरपुल च्याम्पियन बन्ने लयमा रहेको छ ।