एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डिकसन इतुहुलाई स्विडेनमा फुटबल खेल्न पाँच वर्षको प्रतिबन्ध लागेको छ ।
नाइजेरियाका मिडफिल्डर डिकसनलाई म्याच फिक्सिङको आरोपमा पाँच वर्षको प्रतिबन्ध लागेको हो ।
सन् २०१७ को सिजन स्विडेनको लिगमा म्याच फिक्सिङमा दोषी देखिएपछि ३७ वर्षीय मिडफिल्डर डिकसनलाई प्रतिबन्ध गरिएको हो ।
एआईके फुटबल क्लबबाट खेल्दा उनले आईएफके गोथेनबर्गविरुद्धको खेल म्याच फिक्सिङ गरेको पाईएको छ ।

इंग्ल्यान्डको फुलहम र सन्डरल्याण्डबाट खेलिसकेका डिकसन अहिले भने आईएफके रोसाजोहोल्मबाट खेल्दै आइरहेका छन् । उनी सन् २०१७ मा रोसाजोहोल्म आएका थिए ।
डिकसनले सन् २००० मा म्यानचेस्टर सिटीबाट खेल्दै व्यावसायिक फुटबलको सुरुवात गरेका थिए ।