सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एम्बाप्पे तीव्र गतिका फुटबलर

शुक्रबार, ०५ बैशाख २०७७खेलपाटी संवाददाता
एम्बाप्पे तीव्र गतिका फुटबलर
Loading ad...
mustang rice ad

एजेन्सी । फ्रान्सेली स्टार केलियन एम्बाप्पे तीव्र गतिका फुटबलर बनेका छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट ब्यवसायीक फुटबल खेलिरहेका एम्बाप्पले प्रिमियर लिग क्लबका स्टार फरवार्डलाई पछि पार्दै विश्वका तीव्र गतिका फुटबलर बनेका हुन् ।

एम्बाप्पेले आर्सनलका पियरिक ईम्रिक अबुमियाङ र लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै १० खेलाडीको सूचिको शीर्ष स्थानमा अटाएका हुन् ।

फ्रान्सेली पब्लिकेशन फिगारोले सार्वजनिक गरेको विश्वका शीर्ष १० तीव्र गतिका खेलाडीमा एम्बाप्पे शीर्ष स्थानमा देखिए ।

एम्बाप्पेको गति ३६ किलो मिटर प्रतिघण्टा रहेको छ । उनी युरोपेली क्लब फुटबलका सर्वाधिक माग गरिएका खेलाडी हुन् । पछिल्लो समय प्रिमियर लिगको लिग लिडर लिभरपुलले उनलाई अनुबन्ध गर्न खोजिरहेको छ । तर उनी स्पेनिस क्लब रियल मड्रिड जान चाहन्छन् ।

यस्तै, एट्लेटिको विल्वाओका ईनाकी विलियम्स दोस्रो तीव्र गतिका फुटबलर बनेका छन् । उनलाई प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले अनुबन्ध गर्न चाहेको छ । तर उनले ला लिगा क्लबसंग लामो समयको सम्झौता गरेका छन् । उनको गति प्रतिघण्टा ३५ दशमलव ७ किलोमिटर रहेको छ ।

तेस्रो खेलाडीको रुपमा आर्सनलका अबुमियाङ रहेका छन् । उनी पछिल्लो समय ईमिरेट्स स्टेडियम छाड्न चाहन्छन् । उनले यस सिजनमात्र २० गोल गरेका छन् । उनलाई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडले अनुबन्ध गर्न खोजिरहेका छन् । उनको गति प्रति घण्टा ३५ दशमलव ५ किलोमिटर रहेको छ ।

चौथो तीव्र गतिका फुटबलरको रुपमा बार्यन लिभरकुशनका करीम बेलरबी रहेका छन् । ३० वर्षका विङ्गरले यस सिजन क्लबबाट २२ खेलमा मात्र खेल्ने मौका पाए । उनको गति प्रतिघण्टा ३५ दशमलव २७ किलोमिटर रहेको छ । उनले यस सिजन ४ गोल गर्नुका साथै ५ गोलको अवसर समेत सिर्जना गरेका थिए ।

पाँचौ नम्बरमा म्यान्चेष्टर सिटीका डिफेन्डर काईल वाल्कर रहेका छन् । उनको गति प्रतिघण्टा ३५ दशमवल २१ किलोमिटर रहेको छ । उनले यस सिजन सिटीका लागि २६ खेल खेल्दै एक गोल समेत गरेका छन् ।

छैटौ नम्बरमा म्यान्चेष्टर सिटीका विङ्गर लिरो साने रहेका छन् । २४ वर्षका विङ्गर पछिल्लो समय जर्मन क्लब वायर्न म्युनिखसँग जोडिएका छन् । उनको गति प्रतिघण्टा ३५ दशमवल ०४ किलोमिटर रहेको छ ।

सातौ नम्बरमा लिभरपुलका फरवार्ड मोहमद सलाह रहेका छन् । यस सिजन लिभरपुलका लागि २० गोल गरेका उनले ८ गोलको अवसर समेत सिर्जना गरेका छन् । उनी योर्गेन क्लोपको टिमका सबैभन्दा तीव्र गतिका फुटबलर हुन् । उनको गति प्रतिघण्टा ३५ किलो मिटर रहेको छ ।

The former Spurs man said he was happy the 2019 AFCON had been played in the summer

आठौं नम्बरमा फ्रेन्च विङ्गर किग्सले कोमान रहेका छन् । उनले यस समर ट्रान्सफरमा वायर्न जान अस्विकार गरेका थिए । बार्सिलोनाले समेत उनलाई अनुबन्धमा चासो राखेको छ । तर उनी म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलासंग खेल्न ईच्छुक छन् । उनको गति प्रतिघण्टा ३५ किलोमिटर रहेको छ ।

नवौं नम्बरमा वायर्नका अल्भारा ओड्रियोजोला रहेका छन् । उनी लोनमा रियल मड्रिडबाट वायर्न आएका हुन् । तर उनले वायर्नमा खासै मौका पाएनन् । उनले यस सिजन मात्र एक खेलमा अवसर पाएका थिए । उनको गति प्रतिघण्टा ३४ दशमलव ९९ किलोमिटर रहेको छ ।

शीर्ष १० टिम अटाएका तीव्र गतिका फुटबलर रियल मड्रिडका नाचो फर्नान्डेज रहेका छन् । उनले यस सिजन मात्र ९ खेलमा अवसर पाए । ३० बर्षिया खेलाडीले भर्खरै कोरोना भाईरसका कारण आफन्त समेत गुमाए । उनले सम्पुर्ण करियर स्पेनिस क्लबमै बिताएका छन् । उनको गति प्रतिघण्टा ३४ दशमलव ६२ किलोमिटर रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल