एजेन्सी । म्यान्चेष्टर सिटीका फरवार्ड लिरो सानेले जर्मन फर्कने ईच्छा गरेका छन् ।
उनी जर्मन क्लब बार्यन म्युनिखसंग अनुबन्धको नजिक छन् ।
दुवै क्लब सानेलाई ईतिहास स्टेडियमबाट बुन्डेशलिगामा पठाउने बिषयमा तयार छन् ।
बुन्डेशलिगा महारथी क्लब बार्यनले सानेका लागि ७० मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारी गरेको छ । बार्यन बार्गेनिङ मुल्यमा सानेलाई बुन्डेशलिगा ल्याउन सफल हुनेमा विश्वस्त छ ।
जर्मन फरवार्डले सिजनको सुरुवातमै घुँडामा चोट बोकेका थिए । सानेको म्यान्चेष्टर सिटीसंगको सम्झौता सन् २०२१ मा सकिदैछ । उनी सिटी आएको ४ बर्षमा पुन घरेलु क्लबमा फर्कन लागेका हुन् ।
सिटीमाथि समर ट्रान्सफरमा सानेलाई कुनै हालतमा बेच्नुपर्ने बाध्यता छ । सानेसंग नयाँ सम्झौता नभएको अवस्थामा सिटीले अर्को बर्ष सानेलाई गुमाउनुपर्नेछ ।
कोरोना भाईरसले विश्व फुटबल समेत सबै भन्दा प्रभावित छ । सोही कारण खेलाडीको सरुवा मूल्य समेत प्रभावित बन्ने अनुमान गरिएको छ ।