एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केटले कोरोना भाईरसको कारण स्थगित ला लिगा सुचारु गर्न कठिन रहेको बताएका छन् ।
स्पेनको एक रेडियोसँगको अन्तर्वार्ताको क्रममा बुस्केटले कोरोना नियन्त्रणमा आउन समय लाग्ने भएको कारण ला लिगा सुचारु कठिन भएको बताएका हुन् ।
'मलाई लाग्छ कि यो पुनः सुरु गर्न गाह्रो हुनेछ,' उनले भने, 'मलाई लाग्दैन कि यो गर्न सकिन्छ।'
कोरोनाको कारण गत मार्चबाट ला लिगा अनिश्चित कालका लागि स्थगित गरिएको छ । कोरोनाले स्पेनमा १८ हजार बढी मानिसको मृत्यु भईसकेको छ ।
यस्तै स्पेनमा १ लाख ८० हजार बढी मानिस कोरोना संक्रमित रहेका छन् । यस अवस्थामा ला लिगा सुचारु हुनेमा बुस्केटलाई शंका छ ।
'यो कसरी विकास भईरहेको छ र अहिले हामी शिखरमा छौँ । म सुखद समचार पर्खिएर बसेको छु । मेरो विचारमा पुन: सुचारु गर्न कठिन हुनेछ किनकि भ्रमण र मानिसको घुलमिल मुख्य समस्या हुनेछ,' स्पेनिस मिडफिल्डर बुस्केटले भने ।
यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बार्सिलोना रियल भन्दा मात्र २ अंकले अघि रहेको छ ।