एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल आगामी जुन अन्तिमसम्ममा सक्ने तयारी भएको छ ।
प्रिमियर लिग क्लबले कोरोनाले स्थगित लिग जुन ३० सम्म सक्ने तयारी गरेको हो । प्रिमियर लिगका क्लबले शुक्रबार छलफलका लागि बैठक बोलाएको छ ।
उक्त बैठकमा जुन अन्तिमसम्म सिजन सकाउने बारे छलफल हुने गार्जियनले जनाएको छ ।
नयाँ सिजनको सुरुवात गर्न ढिला हुने भएको कारण क्लबहरु जुन अन्तिमसम्म सक्ने तयारी रहेको बताईएको छ । प्रिमियर लिगको नयाँ सिजन अगष्टमा सुरु हुनेछ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ ।
यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । र, यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ ।