एजेन्सी । अमेरिकाको फुटबल लिग मेजर सकर लिग (एमएलएस) आगामी जुन महिनासम्म स्थगित हुने भएको छ ।
कोरोना भाईरसको संक्रमणले महामारीको रुप लिएपछि एमएलएस जुन ८ सम्म स्थगित हुने भएको हो ।
एमएलएसले औपचारिक रुपमा स्थगित मितिको घोषणा भने गरेको छैन । तर, लिग कमिटिका स्रोतले जुन ८ सम्म स्थगित गर्ने निर्णय भएको जनाएको ईएसपीएनले जनाएको छ ।
यस अघि एमएलएस लिग मे १० महिनाबाट सुचारु गर्ने तयारी गरिएको थियो । कोरोनाको कारण एमएलएस लिग मार्च १२ मा स्थगित गरिएको थियो ।
चीनबाट फैलिएको कोरोनाले सर्वाधिक धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा २८ हजार बढीले ज्यान गुमाएको छ ।