एजेन्सी । बार्यन लिभरकुशनका स्टार युवा मिडफिल्डर काई हाभर्ट जर्मन छाड्न तयार भएका छन् ।
उनले नयाँ चुनौती लिन आफु तयार रहेको भन्दै यस बर्ष बुन्डेशलिगा बाहिर जाने बताएका हुन् ।
हाभर्टले करियरलाई अघि बढाउन नयाँ गन्तव्यको खोजी गरिरहेको समेत बताएका छन् ।
२० बर्षका युवा स्टार बुन्डेशलिगाका नयाँ प्रतिभा हुन् । उनले सबै प्रतियोगितामा लिभरकुशनबाट १ सय ३९ खेल खेलिसकेका छन् । उनले जर्मन क्लबबाट सन् २०१६ मा डेब्यु गरेका थिए ।

उनले लिभरकुशन छाड्न आफु खुल्ला रहेको भन्दै जर्मन बाहिर जान चाहेको बताएका छन् । जर्मन मिडफिल्डरलाई प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड र लिभरपुलले अनुबन्धमा चासो देखाईरहेका छन् ।
गत सिजन सबै प्रतियोगितामा उनले ४२ खेलमा २० गोल गरेका थिए । उनले बार्यन लिभरकुशनबाटै व्यवसायीक फुटबल करियर अघि बढाएका हुन् ।
'म ठुलो पाईला चाल्न तयार छु । म चुनौती लिन चाहन्छु ।' उनले एक अन्तरवार्तामा भनेका छन् ।
'लिभरकुशन महान क्लब हो । मैले राम्रो अनुभव गरेको छु । मैले सधै भन्ने गरेको छु । तर म करियरको कुनै बिन्दुमा ठुलो पाईला चाल्न चाहन्छु । मेरो लक्ष्य त्यही हो ।' हाभर्टले भनेका छन् ।
जर्मन मिडफिल्डरले सेन्टर मिडफिल्डर र राईट मिडफिल्डरको रुपमा दुवै भागबाट खेल्न सक्छन् । उनी युरोपेली क्लब फुटबलमा उत्कृष्ट युवा फुटबलर मध्यका एक हुन् ।
उनले गत सिजन बुन्डेशलिगामा प्रभावशाली प्रर्दशन गरेका थिए । सबै प्रतियोगितामा उनले ४२ खेलमा २० गोल गरेका थिए । जसमा १७ बुन्डेशलिगा गोल समावेश थियो ।
२० बर्षका मिडफिल्डरले जर्मनको राष्ट्रिय टिमबाट ७ पटक खेलिसकेका छन् ।

प्रिमियर लिगको उपाधि नजिक रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको लिभरपुल हाभर्टको रोजाईमा पर्न सक्छ ।
म्यान्चेष्टर युनाईटेड र प्रशिक्षक आले गुनर सोल्सायरले समेत जर्मन खेलाडीलाई ओल्डट्राफोर्ड ल्याउन मेहनत गरिरहेका छन् ।
हाभर्टले आगामी समर ट्रान्सफरलाई नजिकबाट हेरिरहेका छन् । कोरोना भाईरसका कारण युरोप लगायत विश्वभरको फुटबल गतिविधि प्रभावित छ ।
बुन्डेशलिगा मेको सुरुवातमा सञ्चालन गर्ने तयारी गरिएको छ । जर्मन क्लबहरु सामान्य अभ्यासमा फर्किसकेका छन् ।
बुन्डेशलिगामा ९ चरणका खेल हुन बाँकी छ । हाभर्टको लिभरकुशन ४७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । लिभरकुशन शीर्ष स्थानको बार्यन म्युनिख भन्दा ८ अंकले पछाडी छ ।