एजेन्सी । अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका इंग्ल्यान्ड तथा टोटेनहमका पूर्व स्ट्राइकर जिमी ग्रिभ्स डिस्चार्ज भएका छन् ।
गत हप्ता अस्पताल भर्ना भएका टोटेनहमका लिजेण्ड जिमी बुधबार डिस्चार्ज भएका हुन् ।
८० वर्षीय जिमीले सामाजिक संजालबाट आफु अस्पतालबाट घर फर्किएको बताएका छन् । उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएका छन् ।
सन् १९६६ को विश्वकप विजेता टिमका सदस्य जिमीले इंग्ल्यान्डका लागि ५७ खेलमा ४४ गोल गरेका थिए । इंग्ल्यान्डका लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडीको चौंथो नम्बरमा उनी रहेका छन् ।
जिमी टोटेनहमका सर्वाधिक गोलकर्ता फरवार्ड हुन् । उनले क्लबका लागि २ सय २० लिग गोल गरेका थिए ।