एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर एण्डर हरेराले क्लबमा नेयमारको योगदान अविश्वसनीय रहेको बताएका छन् ।
नेयमारलाई पीएसजीका लागि योगदान दिन नसकेको आरोप लागिरहेको समय हरेराले भने उनको बचाउ गरेका हुन् ।
'जब मैले केहि पत्रकारलाई भेट उनीहरुले नेयमारले पीएसजीका लागि नसोचेको भने । उनले यस अवधिमा के के गरे मैले देखेको छु । यो अविश्वसनीय थियो.' उनले भने, 'नेयमारले यस अवधिमा धेरै दिए । विश्व स्तरीय खेलाडी जसले सामुहिकको बारेमा धेरै सोच्ने गर्छ ।'
नेयमार सन् २०१८ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी आएका थिए । तर, पछिल्लो समय नेयमार बार्सिलोना फर्कने चर्चा चलिरहेको छ ।
यस सिजन पीएसजी लिग वानको शीर्ष स्थानमा रहेको छ । यस्तै पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको छ ।
कोरोना भाईरसको कारण अहिले सम्पूर्ण प्रतियोगिता बन्द भएको छ ।