सर्वाधिक उपाधि जित्ने लिभरपुलका पाँच खेलाडी

एजेन्सी । हरेक खेलाडीले उपाधि जित्न प्रतिस्पर्धा गर्ने गर्छन् । उपाधिका लागि केहि खेलाडीले व्यक्तिगत त कतिपय खेलाडीले सामुहिक प्रतिस्पर्धा गर्ने गर्छन् ।
त्यसैले खेलाडीका लागि उपाधि जित्नु सबैभन्दा ठुलो कुरा हुन्छ । केहि खेलाडीले थुप्रै उपाधि जित्छन् भने केहि खेलाडीले खेल जीवन भर उपाधि जित्न सक्दैनन् ।
इंग्लिस क्लब लिभरपुलमा पनि त्यस्ता केहि खेलाडीहरु छन् । जसले लिभरपुलसहित अन्य विभिन्न क्लबबाट थुप्रै उपाधि जितेका छन् ।
लिभरपुलको अहिले टिममा रहेका मध्ये सर्वाधिक धेरै उपाधि जित्ने पाँच खेलाडीको वर्णन तल गरिएको छ ।
१. जर्दान शकिरी
स्विस खेलाडी शकिरी लिभरपुलबाट अहिले खेलिरहेका खेलाडीमध्ये सर्वाधिक धेरै उपाधि जित्ने खेलाडी हुन् ।
लिभरपुलका विंगर शकिरीले लिभरपुलसहित विभिन्न क्लबबाट कुल १७ उपाधि जितिसकेका छन् ।
जर्मन क्लब वायर्न म्युनिख, इटालियन क्लब इन्टर मिलानबाट खेलिसकेका शकिरी सन् २०१८ मा स्टोक सिटीबाट लिभरपुल आएका थिए ।
लिभरपुलबाट उनले च्याम्पियन्स लिग, क्लब विश्वकप र युएईएफए सुपर कप जितेका छन् ।
वायर्नबाट शकिरीले समान एक एक पटक च्याम्पियन्स लिग, क्लब विश्वकप र युएईएफए सुपर कप जितेका थिए । त्यस्तै दुई पटक बुन्डेस लिगा, दुई पटक जर्मन कप र एक पटक जर्मन सुपर कप जितेका थिए ।
२८ वर्षे शकिरीले स्विस क्लब बसेलबाट ३ पटक स्विस सुपर लिग र दुई पटक स्विस कप जितेका थिए ।
२. जेम्स मिल्नर
इंग्ल्यान्डका डिफेन्डर मिल्नर सर्वाधिक उपाधि जित्ने लिभरपुलका खेलाडीको शीर्ष दुईमा पर्छन् ।
लिभरपुलका उपकप्तान समेत रहेका मिल्नरले हालसम्म ९ उपाधि जितेका छन् ।
म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर मिल्नरले प्रिमियर लिगसहित च्याम्पियन्स लिगको उपाधि समेत जितिसकेका छन् ।
सन् २०१५ मा लिभरपुल आएका मिल्नरले लिभरपुलबाट च्याम्पियन्स लिग, क्लब विश्वकप र युएईएफए सुपर कप जितेका छन् ।
यस्तै उनले म्यानचेस्टर सिटीबाट २ पटक प्रिमियर लिग र समान एक एक पटक लिग कप, कम्युनिटी शिल्ड र एफए कप जितेका थिए ।
उनले न्युकासलबाट सन् २००६ मा युएईएफए इन्टरटोटो कप जितेका थिए ।
३. एलेक्स अक्स्लेड चेम्बरलिन
इंग्ल्यान्डका मिडफिल्डर एलेक्स अक्स्लेड चेम्बरलिन पनि सर्वाधिक धेरै उपाधि जित्ने लिभरपुलका खेलाडीमा पर्छन । उनले विभिन्न क्लबबाट ९ उपाधि जितेका छन् ।
साउथह्याम्पटन र आर्सनलका पूर्व मिडफिल्डर चेम्बरलिन सन् २०१७ मा लिभरपुल आएका थिए । २६ वर्षे चेम्बरलिनले लिभरपुलबाट च्याम्पियन्स लिग, क्लब विश्वकप र युएईएफए सुपर कप जितेका छन् ।
त्यसबाहेक उनले आर्सनलबाट समान ३/३ पटक एफए कप र कम्युनिटी शिल्ड जितेका थिए ।
४. टाकुमी मिनामिनो
जापानी विंगर मिनामिनो यसै सिजन लिभरपुल आएका हुन् । लिभरपुलबाट उपाधि जित्न नसकेपनि मिनामिनो सर्वाधिक धेरै उपाधि जित्ने लिभरपुलका खेलाडी हुन् ।
जापानको ओसाकाबाट व्यवसायिक फुटबलको सुरुवात गरेका मिनामिनोले अस्ट्रियन क्लबबाट ९ उपाधि जितेका थिए ।
लिभरपुल आउनु अघि उनले आरबी साल्जवर्गबाट उनले ५ अस्ट्रियन बुन्डेस लिगा जितेका थिए । यस्तै चार पटक अस्ट्रियन कप जितेका थिए ।
५. जर्जियानो विज्नाल्डम
डच खेलाडी विज्नाल्डम सर्वाधिक धेरै उपाधि जित्ने लिभरपुलका खेलाडी हुन् । उनले विभिन्न क्लबबाट ७ उपाधि जितेका छन् ।
डच क्लब फियोनरुड, पीएसभी र इंग्लिस क्लब न्युकासल हुँदै लिभरपुल आईपुगेका मिडफिल्डर विज्नाल्डमले लिभरपुलबाट ३ उपाधि जितेका छन् ।
विज्नाल्डमले लिभरपुलबाट च्याम्पियन्स लिग, युएईएफए सुपर कप र क्लब विश्वकप फुटबलको उपाधि जितेका छन् ।
त्यसअघि उने डच कप दुई र डच सुपर कप एक पटक जितेका छन् ।