एजेन्सी । इंग्ल्यान्डको महिला फुटबल टिमका खेलाडीले कोरोना भाईरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् ।
महिला टिमले प्लेयर्स टुगेदर फन्ट मार्फत कोरोनाविरुद्ध लड्न सहयोग गरेका हुन् ।
इंग्ल्यान्डको महिला टिमका कप्तान स्टेप होटनसहित एलिन ह्वाइट र टोनी दुगानले सामाजिक संजाल ट्वीटरबाट सहयोग गरेको बताएका छन् ।
कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने उदेश्यमे प्रिमियर लिग क्लबका खेलाडीले प्लेयर्स टुगेदर फन्ट स्थापना गरेका थिए ।
कोरोनाको कारण इंग्ल्यान्डमा १२ हजार बढीको मृत्यु भईसकेको छ । विश्वभर १ लाख १० हजार बढीको मृत्यु भईसकेको छ ।