‘एमेच्योर’ फुटबललाई रोनाल्डोको सहयोग

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले आफ्नो देशको ‘एमेच्योर’ फुटबललाई सहयोग गरेका छन् ।
रोनाल्डो सहित पोर्चुगलका राष्ट्रिय टिमका सदस्यले आफ्नो देशको एमेच्योर फुटबललाई सहयोग गरेका हुन् ।
उनीहरुले युरोकपमा छनोट भएपछि प्राप्त गरेको बोनसको आधा रकम आफ्नो देशको युवा फुटबलमा सहयोग गरेका हुन् ।
पोर्चुगल फुटबल महासंघले सहयोग रकम एक कोषमा राखिने जनाएको छ । र पोर्चुगलको राष्ट्रिय टिमका सदस्यको सहयोगबाट सो रकम करिब ५ मिलियन युरो पुग्नेछ । यसले पोर्चुगलको एमेच्योर फुटबल क्लबलाई आर्थिक सहायता मिल्ने महासंघले विश्वास लिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट युरोपभरका फुटबल क्लबले आर्थिक संकट ब्यहोरेका छन् ।
पोर्चुगलले पछिल्लो हप्ता स्थगित बनेको एमेच्योर सिजनलाई रद्ध गर्ने घोषणा गरेको थियो ।
पोर्चुगल गत संस्करणको युरो च्याम्पियन हो । कोरोनाका कारण युरो कप एक बर्ष पछाडी धकेलिएको छ ।
यसअघि कोरोनाकै कारण आर्थिक संकटमा परेको युभेन्ट्सलाई सहयोग गर्न भन्दै रोनाल्डोले चार महिनाको तलब छाड्न राजी भएका थिए । सो निर्णयबाट उनले करिब १० मिलियन युरो गुमाउनेछन् ।
लगत्तै उनले पोर्चुगलका तीन अस्पतालमा भेन्डिलेटर दान दिनुका साथै कोरोनाबिरुद्ध लड्न ठुलो आर्थिक सहयोग गरेका थिए ।