एजेन्सी । कोरोना भाईरसबाट संक्रमित म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मारोउने फेलानी अस्पतालबाट 'डिस्चार्ज' भएका छन् ।
चीनको चाईनिज सुपर लिग क्लब शानदोङ लुनेङ्गबाट खेलिरहेका फेलानी करिब तीन साताको अस्पताल बसाईपछि 'डिस्चार्ज' भएका हुन् ।
क्लबले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै फेलानी अस्पतालबाट 'डिस्चार्ज' भएको जनाएको छ । क्लबले उनी कोरोनाबाट मुक्त भएर अस्पतालबाट फिर्ता आएको जनाएको छ ।
कोरोना भाईरसको संक्रमण देखिएपछि फेलानी गत महिना अस्पताल भर्ना भएका थिए । बेल्जियमका पूर्व मिडफिल्डर फेलानीलाई चेक जाँचको क्रममा कोरोना भाईरस पोजिटिभ देखिएको थियो ।

३२ वर्षे फेलानी कोरोनाबाट संक्रमित हुने पहिलो चाईनिज सुपर लिगका खेलाडी हुन् ।
एभर्टनका पूर्व खेलाडी समेत रहेका फेलानीले गत सिजन ३४ खेलमा १२ गोल गरेका थिए ।