एजेन्सी । इटालियन स्ट्राइकर मारियो बालोटेलीले आफुलाई नापोलीबाट खेल्ने चाहना भएको बताएका छन् ।
ब्रेसियाका फरवार्ड बालोटेलीले आफुले नापोली जान कोशिस गरेको समेत बताएका छन् । आफ्नो छोरी नापोलीको समर्थक रहेको कारण आफुलाई सान पाओलोमा खेल्न मन लागेको उनको भनाई छ ।
'मैले नापोलीमा सामेल हुने कोशिस गरे,' बालोटेलीले भने, 'नेपल्समा मेरो उत्कृष्ट समय रहेको थियो । म मेरी छोरीलाई अल्ट्रा बनाउने छु । उनी नापोलीलाई समर्थन गर्छिन् । म ब्रेसिया भनेर गाउछु तर, उनी नापोलीको समर्थन गरिरहन्छिन् । सान पाओलोमा लैजाँदा ऊ धेरै खुसी थिई ।'

एसी मिलान, इन्टर मिलान र लिभरपुलका पूर्व फरवार्ड गत सिजन घरेलु क्लब ब्रेसियामा अनुबन्धित भएका थिए ।
यस्तै उनले सान पाओलोसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए ।
'सान पाओलोमा प्रवेश गर्नु मेरो भावनात्मक सम्बन्ध छ । मेरो विचारमा सान सिरो सबैभन्दा सुन्दर रंगाशाला हो,' उनले भने ।
यस सिजन बालोटेलीले १९ खेलमा ५ गोल गरेका छन् । २९ वर्षे बालोटेलीले इटालीका लागि ३६ खेल खेलिसकेका छन् ।