एजेन्सी । टोटेनहमले फरवार्ड ह्यारी केनलाई प्रतिद्धन्दी क्लबमा नबेच्न बताएको छ ।
टोटेनहमले समर ट्रान्सफरमा केनलाई क्लब बाहिर पठाउने कुनै ईच्छा नरहेको भन्दै घरेलु लिगकै प्रतिद्धन्दी क्लबमा समेत नबेच्ने बताएको हो ।
२६ बर्षिया फरवार्ड केनले सन् २०१८ मा टोटेनहमसंग ६ बर्षको सम्झौता नविकरण गरेका थिए ।
क्लबका अध्यक्ष ड्यानियल लेवीले केनलाई बेच्ने विकल्प खुल्ला राख्दै ईङ्लिस फरवार्डका लागि २ सय मिलियन पाउण्ड आवश्यक पर्ने बताएका छन् ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले ईङ्ल्याण्डका कप्तान केनको प्रशंसा गर्दै केनलाई अनुबन्ध गर्न चाहेको छ ।
टोटेनहमले कोरोना भाईरसको संक्रमणको समय जागिर जाेगाउन कर्मचारीकाे तलब कटाैती गर्ने प्रस्ताव गरेकाे थियाे । तर क्लबको निर्णयको चर्को आलोचना भएपछि टोटेनहमले अघिल्लो निर्णयमा पुर्नविचार गरेको छ ।
आर्थिक समस्याका कारण टोटेनहमका अध्यक्ष लेवीले क्लबका मुख्य फरवार्डलाई कीर्तिमानी मुल्य आएमा बेच्न तयार देखिएका छन् । तर उनले केनका लागि २ सय मिलियन पाउण्डको माग गरेका छन् ।
सन् २०१७ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्राजिली स्टारका लागि कीर्तिमानी मुल्य तिरेको थियो । कोरोनाको प्रभावका कारण युरोपका अधिकांश क्लबले आर्थिक संकट भोगिरहेका छन् ।