एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर निमान्जा माटिकले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै अहिलेका सर्वोकृष्ट खेलाडी भएको बताएका छन् ।
माटिकले दुवै खेलाडीको फरक फरक विशेषता रहेको कारण सर्वोकृष्ट रहेको र आफुलाई दुवै खेलाडी उत्कृष्ट लाग्ने बताएका हुन् । उनले मेस्सी र रोनाल्डोलाई आफुले विभाजित गर्न नसक्ने समेत बताए ।
'यदि मेरो छोरालाई सोध्नु हुन्छ भने उसले मेस्सी उत्कृष्ट भन्ने छन्,' ओमानीस्पोर्ट्ससँग माटिकले भने, 'उनीहरु फरक छन् । रोनाल्डो पक्कै पनि प्रतिभाशाली तर कठिन मेहेनतले उनलाई सफल बनाएको हो । मेस्सी प्रतिभावान खेलाडी हुन् । उनले मेहेनत गर्दैन भन्ने खोजेको बने हैन । तर, उनीहरु फरक छन् ।'

बार्सिलोनाका मेस्सी र युभेन्ट्सका रोनाल्डोबीच को उत्कृष्ट भन्ने बहस सधै हुने गरेको छ । आफ्नो पुस्तामा मेस्सी र रोनाल्डोले धेरै सफलता समेत पाएका छन् । पछिल्लो १२ वर्षभित्रको बालोन डी'ओर अवार्डमा मेस्सी र रोनाल्डोले ११ पटक जितेका छन् । मेस्सीले ६ र रोनाल्डोले पाँच पटक यस अवार्ड जितेका छन् ।
'मेरो लागि को सर्वोकृष्ट छ भन्न गार्हो छ । मलाई लाग्छ कि पछिल्ला १५ वर्ष तिनीहरु दुवै उत्कृष्ट छन्,' माटिकले थपे, 'मलाई थाहा छैन दुईमा को उत्कृष्ट भनेर तर म विश्वस्त छु दुवै फुटबल इतिहासका उत्कृष्ट हुन्।'