आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोरोनाविरुद्धको अभियानमा खेलाडीले कसरी योगदान गर्ने ?

सोमबार, ०१ बैशाख २०७७खेलपाटी संवाददाता
कोरोनाविरुद्धको अभियानमा खेलाडीले कसरी योगदान गर्ने ?
Loading ad...
mustang rice ad

एजेन्सी । कोभिड १९ (कोरोना भाईरस)को संक्रमणबाट विश्व समुदाय आक्रान्त छ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोनाको संक्रमणले विश्वलाई प्रभावित बनाएको छ ।

भाईरसबाट लाखौ संक्रमित बनेका छन्, हजारौले ज्यान गुमाएका छन् । विकास र समृद्धिमा अग्रणी मोर्चामा रहेको अमेरिका, ईटाली, फ्रान्स, स्पेन लगायतका मुलुकलाई कोरोनाले ज्यादा प्रभावित बनाएको छ ।

चीनको वुहानबाट कोरोनाको केन्द्र ईटाली हुँदै अमेरिकामा सरेको छ । तर पछिल्लो संक्रमण दरले छिमेकी देश भारत कोरोनाको ईपिसेन्टर हुने धेरैको अनुमान छ । नेपालसंग खुल्ला सिमा रहेको भारतमा फैलदो कोरोनााले नेपाललाई अझ बढी चिन्तित तुल्याएको छ ।

सरकारले सुरुवातमै मुलुकमा लकडाउनको घोषणा गर्यो । जसले संक्रमणलाई फैलन दिएको छैन । सरकार समेत कोरोना महामारीबिरुद्धको अभियानमा रहेको छ । सिङ्गो राष्ट्र कोरोना महामारीबिरुद्धको लडाँई जित्ने विश्वासका साथ अघि बढेको छ ।

महामारीबिरुद्धको अभियानमा सबै जनताले लकडाउनको पालना गरेर राज्यलाई सहयोग पुर्याएका छन् ।

महामारीबिरुद्धको अभियानमा सरकारले नेपाली खेलकुद क्षेत्रसंग सहयोगको अपेक्षा गरेको छ । अभियानमा सघाउन युवा तथा खेलाडीमा राज्यकाे बिशेष अपिल छ ।

त्यसो भए खेलाडी तथा युवाले कोरोनाबिरुद्धको अभियानमा राज्यलाई कसरी योगदान गर्न सक्छन् त ?

मन्त्रीपरिषद्को चैत २४ गते बसेको बैठकले कोरोनाबिरुद्धको अभियानमा युवा, खेलाडी तथा स्काउटका स्वंयमसेवकलाई परिचालन गर्ने निर्णय गर्दै यसको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयलाई दिएको थियो । महामारीबिरुद्धको अभियानमा राहत वितरण लगायतमा काम युवा तथा खेलाडी परिचालन गर्ने सरकारको मनसाय देखिन्छ ।

सोही अनुसार मन्त्रालयले समेत युवा परिचालनको जिम्मेवारी राष्ट्रिय युवा परिषद्, खेलाडी परिचालनको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् तथा स्काउट परिचालनको जिम्मेवारी नेपाल स्काउटलाई दिने निर्णय गरेको गर्यो ।

मन्त्रालयले आ–आफ्नो वडा, गाउँ, नगर, स्थानीय तह र प्रदेश अन्तर्गतका निकायको स्वीकृत गरेको योजना अनुसार समन्व्य गर्दै सामाजिक दुरी कायम राखेर सावधानीपूर्वक स्वंयम सेवकको रुपमा कोरोनाबिरुद्धको अभियानमा परिचालन हुन आह्वान गरिसकेको छ ।

यस्तै, सरकारले अभियानको दौरान खेलाडी तथा युवाले गर्ने कामको प्रकृती समेत निर्धारण गरेको छ ।

मन्त्रालयबाट निर्धारण गरिएको कामको क्षेत्र अनुसार युवा तथा खेलाडीले विदेशबाट फर्किएका वा सम्भावित संक्रमितको पहिचान गरि सम्बन्धित निकायलाई जानकारी गराउने र क्वारेनटाईनमा बस्न प्रेरित गरी आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछन् ।

यस्तै, क्वारेनटाईन निर्माण तथा व्यवस्थापनमा युवा तथा खेलाडीले सहयोग गर्न सक्नेछन् । संक्रमणबिरुद्ध जनचेतना बढाउने, सम्भावित संक्रमितलाई स्वास्थ्य परिक्षण गराउन सघाउने, र आवश्यक्ता अनुसार विरामीलाई अस्पतालमा पुर्याउने तथा उपचारमा सहजिकरणको काम युवा तथा खेलाडीले गर्न सक्नेछन् ।

कृषीमा आधारित अर्थतन्त्र भएका कारणले वानीनाली लगाउन र कृषी वाली भित्राउन किशानलाई सहजिकरण गर्ने कार्यक्षेत्र युवा तथा खेलाडीका लागि मन्त्रालयले तोकेको छ ।

ग्रामिण भेगमा उत्पादित कृषी उपज बजारसम्म पुर्याउन सहजिकरण र सहयोग गर्ने तथा गाउँ टोल तथा वडामा पर्याप्त मात्रामा खानेपानीको आपूर्तिको प्रवन्ध तथा खानेपानी लाईन ममर्त संभारमा ध्यान दिदै सम्बन्धित निकायमा पहल गर्ने जिम्मेवारी समेत युवा तथा खेलाडीलाई प्रदान गरिएको छ ।

यस्तै, लक्षित समुदायको तथ्यांक संकलन गर्न र राहत सामाग्री वितरण कार्यमा स्वयंमसेवकको रुपमा सघाउन युवा तथा खेलाडीलाई निर्देशित गरिएको छ ।

समस्यामा परेका व्यक्तिहरुको सुचना संकलन गर्न र निजलाई उद्धार र राहत वितरणमा सम्बन्धित निकायलाई सघाउने तथा आफ्नो क्षेत्रमा रहेको अपांग, बालबालिका, जेष्ठ नागरिक तथा अन्य गरिव असहायहरुको संरक्षण र हेरचाहमा युवा तथा खेलाडीले सहयोग गर्न सक्नेछन् ।

सडक मानवको उद्धार गरि जीवन रक्षामा सघाउने, मानव सेवा आश्रम लगायतका संघ संस्था र अभियान्तालाई सडक मानवको उद्धार गरि संरक्षण गर्न सघाउने कार्यमा लाग्न निर्देशित गरिएको छ ।

आफ्नो क्षेत्रका सही सूचनालाई सम्बन्धित निकायलाई समयमा पुर्याउने र गलत सूचना, अपवाह तथा भ्रम फैलाउने कार्यलाई निरुत्साहित गरि सही सूचना प्रचार प्रसार गर्ने कार्यमा लाग्न समेत युवा तथा खेलाडीलाई निर्देशित गरिएको छ ।

कोरोनाबिरुद्धको लडाँई सरकारले एक्लै सक्दैन । यसमा सम्पूर्ण राष्ट्रको एकजुट सहयोग आवश्यक छ । अझ देशको वर्तमान र भविष्य मानिने युवा तथा खेलाडीले यस अभियानमा बिशेष सहयोग गर्न सक्छन् ।

राहत वितरणदेखि आ–आफ्नो क्षेत्रमा कोरोनाबिरुद्ध लागु गरिएका योजनामा खेलाडी तथा युवाले भूमिका खेल्न सक्छन् । संकटको यस घडीले राज्यले खेलाडी तथा युवासंग अपेक्षा गरेको छ । के यसकालागि खेलाडी तथा युवा तयार छन् ?

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो