खेलाडीका लागि मनोवैज्ञानिक कक्षा सुरु

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले कोरोना भाईरसको कारण लकडाउनमा रहेका खेलाडी तथा प्रशिक्षकका लागि अनलाइनबाट मनोवैज्ञानिक कक्षा सुरु गरेको छ ।
एनओसीले आइतबारबाट खेलाडी तथा प्रशिक्षकका लागि मनोवैज्ञानिक कक्षा संचालनको सुरुवात गरेको हो । एनओसीले अपरान्ह 'विनिङ माइण्डसेट साइकोलोजी वेलवीइङ' नामक कक्षा संचालन गर्न सुरु गरेको हो ।
मनोवैज्ञानिक कक्षा अपरान्ह ४ देखि ५ बजेसम्म संचालन भएको थियो । मनोवैज्ञानिक कक्षामा टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रबृद्धि पाएका खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो ।
कक्षा स्पोर्ट्स साइकोलोजी कमिसनका अध्यक्ष इन्द्र गुरुङले संचालन गरेका थिए । यस कक्षा एक हप्ता चल्ने छ ।
कोरोनाको कारण सरकारले नेपालमा गत ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो । त्यसयता खेलाडीहरु घरभित्रै रहेका छन् । जसका कारण उनीहरुलाई मानसिक, शारिरिक रुपमा फिट राखि राख्नका लागि एनओसीले कक्षा संचालन गरेको हो ।










%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)




