कोरोनाविरुद्ध लड्न राखेपको ३२ लाख सहयोग
आइतबार, ३० चैत्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सरकारले कोरोना भाईरसविरुद्ध लड्न स्थापना गरेको कोभिड-१९ राहत कोषमा आर्थिक सहयोग गरेको छ ।
राखेपले कोरोनाविरुद्ध लड्न भन्दै कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको हो ।
राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन् ।
नेपाल सरकारको निर्णयनुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए ।
कोरोनाको कारण नेपाल लकडाउनमा रहेको छ । नेपालमा १३ जनामा कोरोनाको संक्रमण देखिएको छ । एक जना भने ठिक भएर घर फर्कीसकेका छन् ।









%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)




