एजेन्सी । कोरोना भाईरस देखिएपछि अस्पताल भर्ना भएका लिभरपुलका लिजेण्ड सन केनी डल्ग्लिस डिस्चार्ज भएका छन् ।
एक संक्रमणको उपचारका लागि डल्ग्लिसलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो । तर, ६९ वर्षका सेल्टिक र स्कटल्याण्डका फरवार्डलाई उपचारको क्रममा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।
कोरोना देखिएपछि उनलाई एन्टिबायोटिक दिईएको थियो । अहिले उनको अवस्था सामान्य बनेपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
'मानिसहरुले मलाई राम्रो हेरचाह पाएको सोच्न सक्छ तर एनएचएसमा प्रत्येक बिरामीलाई राम्रो हेरविचार हुन्छ,' डिस्चार्जपछि डल्ग्लिसले पोस्ट गरेका छन्, 'हामी भाग्यशाली छौं र म तिनीहरूलाई शुभकामना दिन्छु किनकि उनीहरूले यस महामारीको माध्यमबाट देशलाई मद्दत गर्न अथक प्रयास गरे।'
डल्ग्लिसले चार पटक स्कटल्याण्डमा सेल्टिकबाट लिग जितेका थिए । उनी सन् १९७७ मा प्रिमियर लिग क्लब लिभरपुल आएका थिए । उनले लिभरपुलमा खेलाडी र प्रशिक्षकको रुपमा ८ लिग जित्नुका साथै तीन युरोपियन कप उचालेका थिए ।
उनले ब्ल्याकवर्न रोभर्सबाट सन् १९९५ मा प्रिमियर लिग समेत जितेका थिए ।