एजेन्सी । स्पेनिस क्लब रियल सोसीडाडले टिमको प्रशिक्षण सुचारु गर्ने भएको भएको छ ।
कोरोना भाईरसको कारण स्थगित टिमको प्रशिक्षण यसै साताबाट पुन: सुचारु गर्ने क्लबले तयारी गरेको हो ।
क्लबले सामाजिक दुरीलाई कायम गर्दै पहिलो टिमको प्रशिक्षण सुरु गर्ने तयारी भएको जनाएको छ । क्लबले खेलाडी प्रशिक्षणको लागि तयार भएको समेत जनाएको छ ।
सोसीडाड प्रशिक्षणको तयारी थाल्ने पहिलो स्पेनिस क्लब समेत हो ।
कोरोनाको महामारीको कारण स्पेनमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ । स्पेनमा कोरोनाको कारण १६ हजार बढी मृत्यु हुनुका साथै १ लाख बढीमा संक्रमण देखिएको छ ।
यस सिजन लिगमा सोसीडाड चौंथो स्थानमा रहेको छ । सोसीडाडले अन्तिम पटक इबरसँग मार्च १० मा खेलेको थियो ।