एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले स्टार मिडफिल्डर एनगोलो कोन्टेलाई बेच्न चाहेको छ ।
लण्डन क्लबबाट खेलिरहेका कोन्टेले चेल्सीले राम्रो मुल्य पाएमा बेच्न चाहेको हो ।
चेल्सीले कोन्टे बेच्न चाहना देखाएसंगै लियोन क्लबका प्रमुख जुनिन्हो पर्नान्बुकानोले फ्रान्सेली स्टारलाई अनुबन्धमा चासो देखाएका छन् ।
उनी कोन्टेलाई पुन फ्रान्स फर्काउन चाहन्छन् ।
स्पेनिस क्लब रियल मड्रिडले समेत दुई पटकका प्रिमियर लिग विजेता कोन्टेमाथि नजर लगाईरहेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)समेत कोन्टे अनुबन्धमा ईच्छुक छ ।
उपयुक्त मुल्य नआएको खण्डमा चेल्सी मिडफिल्डर कोन्टेलाई क्लबमै राख्न समेत तयार छ ।
सन् २०१६ मा कोन्टे लेस्टर सिटीबाट स्टामफोर्ड ब्रिजमा आएका थिए । उनको चेल्सीसंगको सम्झौता सन् २०२३ सम्म बाँकी छ ।
कान्टेले यस सिजन १८ प्रिमियर लिग खेलमा तीन गोल गरेका छन् ।