एजेन्सी । बोरुसिया डर्टमण्डका अट्याकिङ मिडफिल्डर मारियो गोट्जेले क्लब छाड्ने भएका छन् ।
गोट्जेले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका हुन् । उनको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ ।
'म यो घोषणा गर्न चाहन्छु कि गहन विचारपछि मैले आफ्नो करियरको योजनामा परिवर्तन गर्ने निर्णय गरे,' उनले भनेका छन् ।
२७ वर्षे जर्मनीका गोट्जे सन् २०१६ मा वायर्न म्युनिखबाट डर्टमण्ड आएका थिए ।
जर्मनीका विश्वकप विजेता गोट्जे इन्ग्लिश क्लब जाने बताईएको छ । जर्मनीले सन् २०१४ मा विश्वकपको उपाधि जित्दा गोट्जे टिमका मुख्य खेलाडी थिए । फाइनलमा उनले निर्णायक गोल समेत गरेका थिए ।
क्लब फुटबलको सुरुवात भने उनले डर्टमण्डबाट गरेका थिए । उनी सन् २०१३ मा वायर्न आएका थिए ।