एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर हुवान माटाले बोरुसिया डर्टमण्डमा युवा स्ट्राइकर जाडोन सान्चो उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
इंग्ल्यान्डका फरवार्ड सान्चो युनाइटेड आउने चर्चा चलिरहेको समय माटाले सान्चो उत्कृष्ट खेलाडी भएको बताएका हुन् ।
'हामी सबैलाई थाहा छ । उ एक महान खेलाडी हो । बोरुसियाको उसको सिजन उत्कृष्ट भईरहेको छ । तर, यस विषयमा बोल्नु मेरो अधिकार हैन,' इन्ष्टाग्रामको लाईभमा माटाले भनेका छन् ।
२० वर्षे फरवार्ड सान्चोले यस सिजन क्लबका लागि २३ खेलमा १४ गोल गरिसकेका छन् । यस्तै १५ गोलका लागि असिस्ट गरेका छन् ।
स्पेनिस मिडफिल्डर माटाले आफुलाई सान्चो मनपर्ने खेलाडी भएको समेत बताए ।
'पक्कै पनि खेलाडीको रुपमा मलाई उ मनपर्छ,' माटाले थपेका छन् ।
डर्टमण्डले यसै सिजन फरवार्ड अर्लिङ हालाण्ड अनुबन्ध गरेपछि सान्चोले डर्टमण्ड छाड्ने योजना बनाएका छन् । उनलाई अनुबन्ध गर्न युनाइटेडले सर्वाधिक चासो देखाएको छ ।