एजेन्सी । स्कटल्याण्डमा फुटबल गतिविधि आगामी जुन दोस्रो सातासम्मको लागि स्थगित गरेको छ ।
कोरोना भाईरसको महामारीको कारण स्कटल्याण्डले जुन १० सम्म फुटबल गतिविधि स्थगित गरेको हो ।
यस अघि स्कटल्याण्डले अप्रिल ३० सम्म स्थगित गरेको थियो । तर, कोरोना नियन्त्रण भन्दा बाहिर गईरहेपछि स्कटल्याण्डले स्थगित मिति थप गरेको हो ।
कोरोनाको कारण मार्च १३ बाट स्कटल्याण्डमा फुटबल गतिविधि बन्द रहेको छ ।
स्कटिस फुटबलका अध्यक्ष रोड पेट्रीले यस कदमले क्लब, खेलाडी,कर्मचारी र समर्थकको सुरक्षामा सहयोग पुग्ने बताएका छन् ।