एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डिफेन्डर टिमोथी फोसु-मेन्साहको सम्झौता नवीकरण गरेको छ ।
युनाइटेडले थप १२ महिना क्लबमा रहने गरि टिमोथीसँग नयाँ सम्झौता गरेको हो ।
२२ वर्षे डच डिफेन्डर टिमोथीको युनाइटेडसँगको सम्झौता यसै सिजनको अन्तिममा सकिदैछ । तर, युनाइटेडले सम्झौता नसकिदै टिमोथीसँग सम्झौतामा नवीकरण गरेको हो ।
टिमोथी सन् २०१४ मा आयाक्सबाट युनाइटेड आएका थिए । उनले क्लबबाट २१ खेल खेलेका छन् ।
तर, सन् २०१७ को मे महिनापछि उनले युनाइटेडको सिनियर टिमबाट खेल्न पाएका छैनन् ।
पछिल्लो दुई सिजन टिमोथीले क्रिस्टल प्यालेस र फुलहमबाट लोनमा खेलेका थिए ।