एजेन्सी । ब्राजिलका पूर्व खेलाडी माजिन्होले बार्सिलोनामा लियोनल मेस्सीलाई प्रतिस्थापन गर्ने खेलाडी नेयमार मात्र भएको बताएका छन् ।
विश्वकप विजेता माजिन्होले नेयमारलाई बार्सिलोना फर्कन सुझाव दिदै मेस्सीको विकल्प नेयमार भएको बताएका हुन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार पछिल्लो समय बार्सिलोना फर्कने चर्चा चलिरहेको छ ।
'नेयमार बार्सिलोना जान्छ भने म खुसी हुन्छु,' रेडियो मार्कासँग कुरा गर्दै माजिन्होले भने, 'उ मेस्सीको प्राकृतिक प्रतिस्थापन हुन् । मेस्सीलाई प्रतिस्थापन गर्ने अरू कुनै विकल्प छैन।'
ब्राजिलियन सुपर स्टार नेयमार सन् २०१८ मा कीर्तिमानी मूल्यमा पीएसजी गएका थिए । तर, नेयमार पीएसजीमा खुसी हुन सकेका छैनन् ।
पछिल्लो समय बार्सिलोना र बार्सिलोनाका खेलाडी पनि नेयमार फर्काउन लागिपरेका छन् ।
ब्राजिलले सन् १९९४ मा विश्वकपको उपाधि जित्दा माजिन्हो टिममा रहेका थिए ।